अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलाे पटक फाइनलमा

 साउन ३१, २०८० बुधबार १७:३९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – आयाेजक अस्ट्रेलियालाई हराउँदै इङ्ग्ल्यान्ड पहिलाे पटक फिफा महिला विश्वकप फुटबलकाे फाइनलमा पुगेकाे छ । 

आज बुधवार स्टेडियम अस्ट्रेलियामा भएकाे दाेस्राे सेमिफाइनल खेलमा घरेलु टाेलीलाई ३–१ गाेलले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेकाे हाे । इङ्ग्ल्यान्डका लागि इला टाेनी, लरेन हेम्प र एलिसिया रुसाेले गाेल गरिन् । अस्ट्रेलियाका लागि साम केरले १ गाेल फर्काइन् ।

अब इङ्ग्ल्यान्डले उपाधिका लागि स्पेनसँग अगस्ट २० मा खेल्नेछ । स्पेन हिजाे मङ्गलवार भएकाे पहिलाे सेमिफाइनलमा स्विडेनलाई हराउँदै फाइनलमा पुगेकाे हाे । अस्ट्रेलियाले भने तेस्राे स्थानका लागि आउँदाे आइतवार स्वीडेनसँग खेल्नेछ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया