न्युजिल्यान्डसँगको पहिलो टी–२० मा घरेलु टोली यूएई १९ रनले पराजित

 भदौ १, २०८० शुक्रबार ६:३०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टोली यूएई पहिलो टी–२० मा न्युजिल्यान्डसँग १९ रनले पराजित भएको छ । योसँगै तीन खेलको शृङ्खलामा न्युजिल्यान्डले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ५६ रनको लक्ष्य पछ्याएको यूएई १९ ओभर ३ बलमा १ सय ३६ रनमा अलआउट भयो ।

यूएईका अर्यांश शर्माले सर्वाधिक ६० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । न्युजिल्यान्डका टिम साउथीले ५ विकेट लिए । मिचेल सान्टनार र जेम्स निसमले समान दुई विकेट लिए । त्यसअघि दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो ।

न्युजिल्यान्डका टिम सिफर्टले सर्वाधिक ५५ रन बनाए । यूएईका जुनैद सिद्दिक र बासिल हामिदले समान दुई विकेट लिए । दुई देशबीचको दोस्रो टी–२० खेल भोलि र तेस्रो खेल पर्सि आइतवार हुनेछ । तीन खेलको शृङ्खलाका लागि न्युजिल्यान्ड यूएई भ्रमणमा छ ।

न्युजिल्यान्डले शृङ्खला खेल्न यूएई भ्रमण गरेको यो पहिलो पटक हो । तर उसका धेरै खेलाडी द हन्ड्रेड लिग खेल्न बेलायतमा रहेकाले धेरै नयाँ खेलाडी मात्रै टिममा समावेश रहेका छन् । 
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया