भदौ महिनाको लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर

 भदौ २, २०८० शनिबार ७:३६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । केही बैंकले ब्याजदर घटाएका छन् भने केही बैंकले बढाएका छन् । केही बैंकले भने ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन् । 

नयाँ ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १० दशमलव ८९ प्रतिशत देखिएको छ । कुमारी, ग्लोबल आईएमई, कृषि विकास बैंक, नेपाल बैंक, एनआईसी एसिया, सानिमा र सिटिजन्स बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा यो दरमा ब्याज दिने भएका छन् । संस्थागततर्फ यी बैंकहरुले अधिकतममा ८ दशमलव ८९ प्रतिशतका दरले ब्याज दिने जनाएका छन् । 

एभरेस्ट र प्रभु बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम १० प्रतिशत तथा राष्ट्रिय वाणिज्य, माछापुच्छ्रे, सिद्धार्थ, हिमालयन, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ९ दशमलव ९९ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् । लक्ष्मी सनराइजले १० दशमलव ४० तथा नबिलले १० दशमलव ४९ प्रतिशतसम्म ब्याजदर दिनेछन् । 

सबैभन्दा कम ब्याजदर स्ट्याण्डर्ड चार्टर्ड बैंकको छ । यो बैंकले मुद्दती निक्षेपमा अधिकतममा ८ दशमलव ९२ प्रतिशत र संस्थागततर्फ ६ दशमलव ९२ प्रतिशतका दरले ब्याज दिने जनाएको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया