महिला विश्व कप : उपाधिका लागि आज इङ्ल्यान्ड र स्पेन खेल्दै

 भदौ ३, २०८० आइतबार ६:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि आज इङ्ल्यान्ड र स्पेन खेल्दैछन् ।

फाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सिड्नीमा शुरु हुनेछ । यो महिला विश्व कपमा नयाँ टोली च्याम्पियन बन्दैछ । बुधवार भएको सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो ।

त्यस्तै, स्पेन पनि मङ्गलवार भएको सेमिफाइनलमा स्वीडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । हिजो तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्वीडेन तेस्रो भएको छ ।

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको यो महिला विश्व कपमा ३२ टोली सहभागी थिए । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया