स्पेनकी मिडफिल्डर बाेनमाती सर्वाेत्कृष्ट खेलाडी, 'गाेल्डेन गाेल्भ' इङ्ग्ल्यान्डकी गाेलकिपरलाई

 भदौ ३, २०८० आइतबार १९:५८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्पेनकी मिडफिल्टर अताना बाेनमाती फिफा महिला विश्वकप फुटबल २०२३ काे सर्वाेत्कृष्ट खेलाडी बनेकी छिन् ।

प्रतियाेगिताभर उत्कृष्ट प्रदर्शन गरेकी बाेनमातीले राउन्ड अफ १६ मा स्पेनले स्विट्जरल्यान्डलाई ५–१ गाेलकाे फराकिलाे अन्तरले हराउँदा २ गाेल गरेकी थिइन् । उनले प्रतियाेगिताभर ३ गाेलसहित २ असिस्ट गरिन् ।  

यस्तै उत्कृष्ट गाेलकिपर बनेकी इङ्ग्ल्यान्डकी म्यारी एयरप्सले 'गाेल्डेन ग्लाेभ' अवार्ड जितिन् । आज भएकाे फाइनलमा उनले एउटा पेनाल्टी पनि राेकेकी थिइन् । प्रतियोगिताभर ३ खेलमा 'क्लिन सिट' राखेकी एयरप्सले ४ गाेल बेहोरिन् । 

यस्तै स्पेनकी साल्मा पारालुएलाे प्रतियाेगिताकाे उत्कृष्ट युवा खेलाडी बनिन् । १९ वर्षीया पारालुएलाेले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराउँदा १ गाेल र सेमिफाइनलमा स्विडेनलाई हराउँदा १ गाेल गरेकी थिइन् ।

यस्तै फिफा महिला विश्वकप फुटबल २०२३ काे गाेल्डेन बुट अवार्ड जापानकी मिडफिल्डर हिनाता मियावाजाले जितेकी छिन् । प्रतियाेगिताभर सर्वाधिक ५ गाेल र १ असिस्ट गरेकी मियावाजाले गाेल्डेन बुट जितेकी हुन् ।

आज आइतवार स्टेडियम अस्ट्रेलियामा भएकाे फाइनलमा इङ्ग्ल्यान्डलाई १–० गाेलले हराउँदै स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको थियो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया