सोलुखुम्बुकी क्यान्सर पीडित बास्तोलालाई साढे ७ लाख रुपैयाँभन्दा धेरै सहयोग

 भदौ ३, २०८० आइतबार २०:४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ की क्यान्सर पीडित मनिषा बास्तोलालाई साढे सात लाख रुपैयाँभन्दा धेरै सहयोग प्राप्त भएको छ ।

खर्चको अभावमा उपचारमा समस्या झेलिरहेकी २० वर्षीया बास्तोलालाई स्थानीय युवाहरू द्रोण बास्तोला र बाबुराम आचार्यले रकम सङ्कलन गरी उपलब्ध गराएका हुन् । विभिन्न व्यक्ति र सङ्घ–संस्थामार्फत सङ्कलन गरेको सात लाख ६५ हजार छ सय ६१ रुपैयाँ आज आइतवार बास्तोला उपचाररत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर हस्तान्तरण गरेको रकम सङ्कलन गर्ने बाबुराम आचार्यले जानकारी दिनुभयो ।

रकम पाएपछि क्यान्सर पीडित मनिषा बास्तोलाले अब पैसाको अभावमा आफ्नो उपचार नरोकिने भन्दै सहयोगीहरूलाई धन्यवाद दिनुभएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया