तेस्रो तथा निर्णायक टी–२० क्रिकेट शृङ्खला न्युजिल्यान्डले जित्यो, यूएई पराजित

 भदौ ४, २०८० सोमबार ६:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूएईसँगको तेस्रो तथा निर्णायक टी–२० क्रिकेट न्युजिल्यान्डले  जितेको छ । दुबईमा  गएराति भएको खेलमा न्युजिल्यान्ड ३२ रनले विजयी भएको हो ।

जितका लागि न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक ४२ रन बनाए । यस्तै, बसिल ममिदले २४ र आर्यनश शर्माले १६ रन बनाए ।

न्युजिल्यान्डका बेन लिस्टरले ३ तथा केल जमिसन, मिचेल साट्नर र आदित्य अशोकले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएको थियो।

न्युजिल्यान्डका लागि विल योंग र मार्क चापम्यानले अर्धशतकीय पारी खेले । विल योंगले ५६ र मार्कले ५१ रन जोडे । यस्तै, मिचेल साट्नरले २० रन बनाए । जितसँगै न्युजिल्यान्डले शृङ्खला जितेको छ ।  न्युजिल्यान्डले शृङ्खला खेल्न यूएई भ्रमण गरेको यो पहिलो पटक हो ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया