इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्यामसँग चेल्सी पराजित

 भदौ ४, २०८० सोमबार ९:४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वेस्टह्यामसँग पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी वेस्ट ह्यामसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

वेष्ट ह्यामका नायेफ अगर्डले खेलको सातौँ मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २८औँ मिटेनमा चेल्सीका कानी चुक्कुएमेकाले गोल गर्दै बराबरी गरे । तर, बराबरीलाई रोक्न र थप गोल गर्न नसक्दा चेल्सी पराजित भयो ।

वेष्टह्यामका लागि खेलको ५३औँ मिनेटमा माइकल एन्टोनियोले र अन्तिम समयमा कप्तान लुकास पाक्केटाले पेनाल्टीमा गोल गरे । खेलको अन्तिम ३० मिनेट वेस्ट ह्याम १० खेलाडीमा सीमित भएको थियो।  

यस्तै, गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले सानदार जित निकालेको छ । एभर्टनलाई ४–० गोल अन्तरले हराउँदै एस्टन भिल्ला विजयी भएको हो। 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया