कांग्रेसका निर्दोष कार्यकर्ता महतोलाई नेकपा कार्यकर्ताले गोली हानी हत्या गरे : निधि

 कात्तिक १४, २०७५ बुधबार १८:१२:४९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्ना निर्दोष कार्यकर्ता रामबिलास महतोलाई नेकपाका कार्यकर्ताले गोली हानेर हत्या गरेको बताउनुभएको छ । 

उहाँले हत्यामा संलग्नलाई गिरफ्तार गर्नुपर्ने, पीडित परिवारलाई राहतको व्यवस्था गरिनु पर्ने, मृतकलाई सहिद घोषणा गरिनु पर्ने र घाइतेहरुको निःशुल्क उपाचारको हुनु पर्ने नेपाली कांग्रेसको माग रहेको बताउनुभयाे । उपसभापति निधिले स्थानीय प्रशासनले चासो नदेखाएको कारण रामनगरमा यो घटना भएको बताउँदै घटनामा संलग्नलाई छिट्टै सार्वजनिक गरेर कारबाही नगरे कांग्रेसले कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

त्यस्तै कांग्रेसले आफ्ना कार्यकर्ता मारिएको विरोधमा बुधबार सर्लाही सदरमुकाम मलंगवामा विरोध प्रर्दशन गरेको छ । विरोध प्रदर्शनमा कांग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य एवं सांसद अमरेशकुमार सिंह जिल्ला सभापति नागेन्द्र राय,  सोनेलाल साहलगायत नेताको सहभागिता रहेको थियो ।

विरोध जुलुसपछि दोषीलाई कारबाहीको माग गर्दै नेपाली कांगे्रसका प्रवक्ता विश्वप्रकाश शर्मा, आनन्द ढुंगाना प्रदेश नम्बर २ का ८ वटै जिल्लाका जिल्ला सभापतिहरुले सर्लाहीमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखेरेललाइ ज्ञापनपत्र बुझाएका छन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया