अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला एक खेल अगाडि नै पाकिस्तानलाई

 भदौ ८, २०८० शुक्रबार ६:३९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला पाकिस्तानले एक खेल अगाडि नै जितेको छ । श्रीलङ्काको हम्मनटोटामा गएराति भएको दोस्रो खेलमा पाकिस्तान एक विकेटले विजयी भयो । जितका लागि ३ सय १ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो ।

पाकिस्तानका इमाम उल हकले सर्वाधिक ९१ रन बनाए । पाकिस्तानलाई अन्तिम ओभरमा जिताएका नसिम शाह ५ बलमा २ चौकासहित १० रनमा अविजित रहे । यो खेलमा अन्तिम ओभर रोमाञ्चक भयो । अन्तिम ओभरको पहिलो बलमा फजलहक फारुकीले शादब खानलाई नन स्ट्राइकरमा रनआउट समेत गरेका थिए । शादब खानले ४८ रन बनाए ।

अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट लिए । मोहम्मद नाबीले २ विकेट लिए । मुजिब उर रहमान र अब्दुल रहमानले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय रन बनाएको थियो ।

अफगानिस्तानका रहमानउल्लाह गुरबाजले सर्वाधिक १ सय ५१ रनको शतकीय पारी खेले पनि शृङ्खला जोगाउन सकेनन् । इब्राहिम जद्रान ८० रनमा आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले २ विकेट लिए । नसिम शाह र उस्मा मिरले एक/एक विकेट लिए ।

पहिलो खेलमा पाकिस्तान १ सय ४२ रनले विजयी भएको थियो । पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५९ रनमा नै अल आउट गरेको थियो । तेस्रो तथा अन्तिम खेल भाेलि शनिवार हुनेछ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया