बारा, पर्सा, चितवन, सिन्धुपाल्चोक, मकवानपुरलगायतका जिल्लामा वर्षा : बाढीको जोखिम

 भदौ ९, २०८० शनिबार ६:२६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बाग्मती र मधेस प्रदेशका केही जिल्लामा रातिदेखि नै पानी परिरहेको छ । बाग्मतीका सिन्धुपाल्चोक, मकवानपुर, चितवन तथा मधेस प्रदेशका बारा, पर्सालगायतका जिल्लामा वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतैकतै ठूलो पानी परेको छ ।

पानी परिरहेका जिल्ला र आसपासका क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम छ । जलसतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

साथै, हिजो/अस्ति पनि लगातार पानी परेका ठाउँमा कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

आज पनि बाग्मती, कोशी र मधेस प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया