पहिरोका कारण बन्द रहेको पृथ्वीराजमार्ग खुल्यो : गाडीको आवतजावत सामान्य

 भदौ ९, २०८० शनिबार ६:४९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सडक डिभिजन कार्यालय भरतपुर

काठमाण्डाै - पहिरोका कारण चितवनको नाग्दी खोला नजिकै बन्द भएको पृथ्वीराजमार्ग खुलेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै हिजो बेलुका खसेको पहिरो हटाएपछि गएराति नै सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

हिजो बेलुका पौने ७ बजेतिर खसेको पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी नै बन्द भएको थियो । पहिरोका कारण काठमाण्डौ आउने गाडी मुग्लिन र काठमाण्डौबाट छुटेका गाडी कुरिनटारमा रोकिएका थिए । सडक खुलेपछि रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । गाडीको आवतजावत सामान्य भएको छ ।

त्यस्तै, अहिले नारायणगढ–मुग्लिन सडकमा पनि कुनै समस्या छैन । गाडी सहज रुपमा चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । तर पहिरोको जोखिम कायमै रहेकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न ट्राफिक प्रहरीको आग्रह छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया