प्रिमियर लिगमा चेल्सीसँग लुटन टाउन ३–० गोलले पराजित

 भदौ ९, २०८० शनिबार ७:३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लुटन टाउनलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीसँग लुटन टाउन ३–० गोलले पराजित भयो ।

चेल्सीका फरवार्ड रहिम स्टर्लिङले दुई तथा निकोलस ज्याक्सनले एक गोल गरे । खेलको १७औँ मिनेटमा स्टर्लिङले चेल्सीलाई अग्रता दिलाएका थिए ।

६८औँ मिनेटमा उनकै गोलमा चेल्सीले अग्रता दोब्बर बनायो । खेलको ७५औँ मिनेटमा ज्याक्सनले गोल थपे । यो सिजनमा चेल्सीको पहिलो जित हो । उसले तीन खेलमा ४ अङ्क जोडेको छ । चेल्सी अङ्कतालिकाको आठौँ स्थानमा छ ।

नवप्रवेशी क्लब लुटन टाउन अङ्कविहीन हुँदै पुछारमा छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया