तिर्नुपर्ने बाँकी बक्यौता मङ्गलवारसम्म बुझाउन पशुपति क्षेत्र विकास कोषको आग्रह

 भदौ ९, २०८० शनिबार ९:१४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पशुपति क्षेत्र विकास कोषको देवउद्यान, गौशालाले तिर्नुपर्ने बाँकी बक्यौता आउँदो मङ्लवारसम्म बुझाउन आग्रह गरेको छ ।

कोषले आज सार्वजनिक सूचना निकालेर तिर्नुपर्ने बाँकी बक्यौता बुझाउन अनुरोध गरेको हो । कोषको साउन एक गतेको निर्णयबाट गठित बाँकी बक्यौता असुली कार्य टोलीले स्थलगत रूपमा अनुगमन गरी कोष अन्तर्गत रहेका पसलकवल, पार्किङहरूको बक्यौता रकम कार्यालयमा दाखिला  गर्न भनेको छ ।

पटक  पटकको  टेलिफोन  सम्पर्कबाट ताकेता  गर्दा  केही  सञ्चालक  व्यक्ति/फर्म/संस्थाले आंशिक रकम कोषको बैंक खातामा दाखिला  गरी कोषको  कोष  तथा  आय  लेखा  व्यवस्थापन  शाखामा  भौचर बुझाएको र त्यसमा पनि कतिपयले  आंशिक मात्रै र कतिपयले  नबुझाएको पाइएकोले भदौ १२ गते कार्यालय समयभित्र बाँकी बक्यौता बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

कोषले पत्राचार गरेको र कारणबस पत्र नपाएको भए सूचनालाई नै आधार मानेर तोकिएको समयसीमाभित्र  आफूले  तिर्न  बुझाउन  बाँकी रकम  बुझाउन जानकारी गराएको छ । म्यादभित्र बाँकी बक्यौता नबुझाउनेलाई बक्यौता असुली कार्य टोलीको सिफारिस अनुसार कानुनी प्रकृया अनुसार कालोसूचीमा राखेर सम्बन्धित  व्यक्ति/संस्था/फर्म/कम्पनीको  बैंक  खाता  समेत रोक्का राख्न सिफारिस गरी सरकारी बाँकी सरह असुल उपरको कारबाही गरिने चेतावनी दिएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया