कमला नदीमा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह

 भदौ ११, २०८० सोमबार ६:२३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – उदयपुरको कमला नदीमा बाढीको जोखिम छ ।

कमला नदीको बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कमला नदी सिन्धुलीबाट उदयपुर, सिरहा र धनुषाको सिमाना हुँदै बग्छ । 

कमला नदीको तटीय क्षेत्र तथा डुबान भैरहने होचा ठाउँमा अहिले बिहानसम्म नै उच्च सतर्कता अपनाउन भनिएको छ ।

आज देशका पहाडी थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी क्षेत्रको एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच मुग्लिन–नारायणगढ सडकमा अहिले दुईतर्फी नै गाडी चलिरहेका छन् । सडकको अवस्था सामान्य नै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया