नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

साविक विजेता सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाण्डौ – इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ।

हिजो भएको खेलमा सेफिल्ड युनाइटेडलाई २–१ गोलले हराउँदै सिटी लगातार तेस्रो जितका साथ शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीको जितमा रोड्री र हालान्डले एक/एक गोल गरे । सेफिल्डका जेडन बोगलले गोल गरे ।

शीर्ष स्थानमा रहेको सिटीको ३ खेलमा ९ अंक भएको छ ।

प्रकाशित मिति:
थप खेलकुद