इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरु

 भदौ १२, २०८० मंगलबार ६:४६:५९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरु भएको छ । इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो ।

लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेशमन्त्री नाज्ला अल माङ्गुशलाई इजरायली समकक्षीसँग भेट गरेपछि निलम्बन गर्नुभएको हो । प्यालेस्टिनको समर्थक लिबियाले इजरायललाई मान्यता दिएको छैन । लिबिया र इजरायलका विदेशमन्त्रीको भेटलाई लिएर बहुसङ्ख्यक अरब देशमा पनि प्रदर्शन भएका छन् ।

इजरायली विदेशमन्त्री एली कोहेनले निलम्बनमा परेका लिबियाका विदेशमन्त्रीसँगको बैठकलाई ऐतिहासिक भन्दै त्यसलाई त्रिपोलीसँग सम्बन्ध स्थापना गर्ने पहिलो कदम भएको बताउनुभएको छ ।

लिबियाको संसद्का सभामुखको कार्यालयले अल माङ्गुशलाई ‘राज्यद्रोह’ को आरोप लगाएको छ भने प्रधानमन्त्री अब्दुल हमिद डिबेबाले थप अनुसन्धान गर्न सिफारिस गर्नुभएको बीबीसीले जनाएको छ । लिबिया लामो समयदेखि अशान्त छ । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया