एसिया कप क्रिकेट : नेपालले भोलि एकदिवसीय वरीयतामा शीर्ष टोली पाकिस्तानसँग खेल्दै

 भदौ १२, २०८० मंगलबार ६:५६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि पाकिस्तानको मुल्तानमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

तीस हजार दर्शक क्षमताको मैदानमा भोलि बुधवार एसिया कपको पहिलो खेल हुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्व वरीयताको नम्बर वान टोलीसँग खेल्न लागेको हो । प्रतियोगिताका लागि पाकिस्तान पुगेको नेपाली टोली कराँचीमा एक हप्ता प्रशिक्षण र एक अभ्यास खेल खेलेपछि मुल्तान पुगेको हो ।

पाकिस्तान आईसीसी एकदिवसीय वरीयतामा शीर्ष स्थानमा छ । नेपालले भदौ १८ मा भारतसँग श्रीलङ्कामा खेल्नेछ । भारत एकदिवसीय वरीयतामा तेस्रो स्थानमा छ । नेपाल भने वरीयतामा १५औँ स्थानमा छ । भोलिदेखि शुरु हुने एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ ।

भारत सुरक्षाको कारण देखाएर पाकिस्तान जान नमानेपछि पाकिस्तानमा ४ खेल र अरु खेल श्रीलङ्कामा हुनेछन् । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन् । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार भोलि दिउँसो सवा ३ बजे मुल्तान रङ्गशालामा हुनेछ । यो खेलपछि नेपाली टोली श्रीलङ्का जानेछ ।

नेपाल र भारतबीचको खेल भदौ १८ मा श्रीलङ्काको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा नै हुनेछ । नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया