नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
कास्की – वामपन्थी एवम् मानव अधिकारवादी नेता टेकनाथ बरालको निधन भएको छ । आज मङ्गलवार दिउँसाे पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ८४ वर्षकाे उमेरमा उहाँकाे निधन भएको हो ।
उहाँकाे शव बेलुकी ५ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि घरमा राखिने र त्यसपछि शव यात्रासहित अन्त्येष्टि गरिने पारिवारिक स्राेतले जनाएकाे छ ।
बराल राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्याे । बरालकाे निधनले सम्पदा संरक्षणको आन्दोलन, मानव अधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाइ गर्ने एक अथक योद्धा गुमाएको राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समितिका अध्यक्ष सुनील पाण्डेले बताउनुभयाे ।
विसं १९९६ जेठ ५ गते पाेखराकाे नुवारथाेकमा जन्मिनुभएका बरालले इन्सेक मानव अधिकार वर्ष पुरुषकाे उपाधि पनि प्राप्त गर्नुभएकाे थियाे । २००७ सालमा राणाविराेधी आन्दाेलनमा लाग्नुभएका उहाँले कक्षा आठ पास गरेर गाेरखा र स्याङ्जामा केही समय पढाउनुभयाे ।
२०२१ सालमा टेलिफाेनकाे तार चाेरी भएकाे आराेपमा पक्राउ पुर्जी जारी भएपछि बनारस जानुभयाे । २०२२ सालमा बनारसबाट म्याट्रिक पास गर्नुभएका उहाँलाई त्यतै पुष्पलालले नेकपाकाे पार्टी सदस्यता दिनुभयाे ।उहाँ नेपाल फर्किएपछि नेकपाकाे काम गरेकाे आराेपमा २०२३ सालमा पञ्चहरूले गिरफ्तार गरेर दुई वर्ष जेलमा राखे । २०२५ सालमा जेलबाट रिहा हुनुभएका उहाँ पञ्चायतविरोधी गतिविधि गरेको भन्दै २०२९ सालमा देश निकाला हुनुभयाे । त्यसपछि २०३६ सालको आन्दोलनको समयमा नेपाल फर्किएर उहाँ बहुदलको पक्षमा सक्रिय हुनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।