रसुवाको गोसाइँकुण्डमा मेला : स्नान गर्ने भक्तजनको घुइँचो

 भदौ १४, २०८० बिहीबार ७:४४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमा पर्वको अवसरमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका झण्डै चार हजारभन्दा धेरै भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आराधना गर्दैछन् ।

समुद्री सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित कुण्डमा बिहानैदेखि भक्तजनले स्नान एवं पूजा आराधना गरिरहेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो । भक्तजनका लागि आवश्यक सुरक्षा र अरु व्यवस्थापन मिलाइएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताउनुभयो ।

आजका दिन गोसाइँकुण्डमा स्नान गरी पूजा गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वास छ । गोसाइँकुण्ड पुगेका भक्तजनलाई नेपाली सेना, गोसाइँकुण्ड गाउँपालिका, रसुवा जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हिमालय उद्धार सङ्घसमेतले स्वास्थ्यकर्मी परिचालन गरी धुञ्चेदेखि गोसाइँकुण्डसम्म प्राथमिक उपचार सेवा प्रदान गर्दैआएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

नेपाल प्रहरीका ४०, नेपाली सेना विष्णुदल गणबाट ६० र सशस्त्र प्रहरी बलका २० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया