मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा

 भदौ १४, २०८० बिहीबार ८:२३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सडक डिभिजन कार्यालय भरतपुर

काठमाण्डाै - पहिराेका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएकाे छ ।

चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको नाम्सी पुल नजिकै बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । केहीबेर अघि एकतर्फी सञ्चालनमा आएकाे सडक पहिराे पन्छाएपछि दुईतर्फी नै खुलाइएकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हाे।

यसअघि पनि नाम्सी पुल नजिकै पहिरो खस्दा पटक-पटक सडक अवरुद्ध हुँदै आएको थियो । गएको शनिवार पनि यही क्षेत्रमा पहिरो खसेको थियो भने ७ गते र ५ गते पनि पहिरो गएको थियो ।

पहिरोका कारण काठमाण्डौसँग जोडिएको यो मुख्य सडक खण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ । यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया