नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – र्याफ्टिङ खेल प्रवर्धन गर्ने तथा बाग्मती नदीलाई स्वच्छ राख्ने उद्देश्यले बाग्मतीमा र्याफ्टिङ र्याली हुने भएको छ । जिल्ला समन्वयन समिति काठमाण्डाैकाे आयोजना तथा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घको प्राविधिक सहयोगमा आउँदाे शनिवार एक दिने र्याफ्टिङ हुन लागेको हो ।
जिल्ला समन्वयन समिति काठमाण्डाैले आज बिहीवार पत्रकार सम्मेलन गर्दै सबै स्थानीय निकायको सहकार्यमा हामी सँगसँगै सहकार्य गरौँ भन्ने नारा लिएर ऐतिहासिक बाग्मती नदीमा र्याफ्टिङ र्याली गर्ने जानकारी दिएको हो । गोकर्णेश्वर नगरपालिकाकाे सुन्दरीजलदेखि शुरु भएको र्याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुनेछ ।
जिल्ला समन्वयन समिति काठमाण्डाैका प्रमुख सन्तोष बुढाथोकीले काठमाण्डाै जिल्लाभित्र रहेको काठमाण्डाै महानगरपालिकासहित दश वटै पालिकाले बाग्मती सभ्यतालाई जोगाउने अभियानमा साथ दिने बताउनुभयाे ।
र्याफ्टिङ र्यालीमा ४५ वटा डुङ्गाले सुन्दरजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछ । प्रत्येक डुङ्गामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय गरी छ जना हुने नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिनुभयाे ।
बिहान साढे ७ बजेदेखि शुरु भएकाे यात्रा बेलुकी साढे ५ बजेसम्म सञ्चालन हुनेछ । यस अवधिमा सुन्दरीजलबाट उत्तर गयासम्म आठ किलोमिटर यात्रा गरेपछि पहिलो चेक प्वाइन्ट अन्त्य हुनेछ । त्यसपछि उत्तर गयाबाट गोकर्णेश्वर मन्दिरसम्म पाँच किलोमिटर र्याफ्टिङ हुनेछ । त्यही मन्दिरबाट एल्लो ब्रिजसम्म चार किलोमिटरको यात्रा गरेपछि तेस्रो चेक प्वाइन्ट सकिनेछ । त्यस्तै अन्तिम चेक प्वाइन्ट एल्लो ब्रिजदेखि आठ किलोमिटरको यात्रा चोभारमा गएर टुङ्गिने आयोजक जिल्ला समन्वयन समिति काठमाण्डाैले जनाएको छ ।
आयोजकले यो अभियानबाट बाग्मती नदीमा पनि र्याफ्टिङ गर्न सकिन्छ भन्ने सन्देश दिने, नदीलाई स्वच्छ र सुन्दर बनाउने र नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।