एसिया कप क्रिकेटमा श्रीलङ्काले बङ्लादेशलाई पाँच विकेटले हरायो

 भदौ १५, २०८० शुक्रबार ६:२१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसिया कप क्रिकेटमा घरेलु टोली श्रीलङ्काले बङ्लादेशलाई पाँच विकेटले हराउँदै विजयी शुरुवात गरेको छ । जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ३९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।

श्रीलङ्काका चरिथ असलङ्का ६२ रनमा अविजित रहे । बङ्लादेशका कप्तान सकिब अल हसनले २ विकेट लिए । तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बङ्लादेश ४२ ओभर ४ बलमा एक सय ६४ रनमा अलआउट भएको थियो ।

बङ्लादेशका नाज्मुल हसन शान्टोले सर्वाधिक ८९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । श्रीलङ्काका तीव्र गतिका बलर मथिसा पाथिरानाले ४ विकेट लिए । त्यस्तै, महेश थिक्सेनाले २ विकेट लिए । धनञ्जय डी सिल्भा, दुनिथ वेलाजिगे र दासुन शानकाले एक/एक विकेट लिए । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् ।

पहिलो खेलमा पाकिस्तानले नेपाललाई २ सय ३८ रनले हराएको थियो । समूह ‘बी’ मा बङ्लादेश, अफगानिस्तान र श्रीलङ्का छन् । भोलि भारत र पाकिस्तानबीच खेल हुनेछ । त्यस्तै, सोमवार नेपाल र भारत खेल्नेछन् । पाकिस्तानबाट नेपाली टोली श्रीलङ्का पुगिसकेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया