मेस्सीलाई पछि पार्दै हालान्डले जिते यूईएफए पुरुष वर्ष खेलाडीको उपाधि

 भदौ १५, २०८० शुक्रबार ६:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी सन् २०२३ को उपाधि जितेका छन् ।

मोनाकोमा भएको एक समारोहकाबीच उनलाई यो उपाधि प्रदान गरिएको छ । यूईएफए पुरुष वर्ष खेलाडीको अन्तिम मनोनयनमा मेस्सी, हालान्ड र केभिन डी ब्रुइन रहेका थिए । गएको सिजन सिटी पुगेका हालान्डले पहिलो सिजनमै प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगसहित तीन उपाधि जिताएका थिए । उनले गएको सिजनमा क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए ।

यस्तै, महिलातर्फ बार्सिलोना र स्पेनकी आइटाना बोनमाटीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छिन् । स्पेनले महिला विश्व कपको उपाधि जितेको थियो । म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष वर्ष प्रशिक्षकको अवार्ड जिते ।

उत्कृष्ट महिला प्रशिक्षक इङ्ग्ल्यान्डकी सरिना विगमन बनिन्। उनकै प्रशिक्षणमा इङ्ग्ल्यान्ड महिला विश्व कपको फाइनल पुगेको थियो ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया