नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - ललितपुरको पाटनमा दीप यात्रा मतयाः शुरु भएको छ । मतया: बिहान ४ बजे सौगलबाट शुरु भएको हो । हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मतया:मा पाटनका भित्री सहरमा रहेका विभिन्न देवदेवी, चैत्यको पूजा गर्ने गरिन्छ ।
विशेष गरेर बौद्ध धर्मावलम्बीले वर्षभरीमा दिवङ्गत भएका आफ्ना आफन्तजनको सम्झनामा धान , चामल, पैसा लगायतका विभिन्न सामग्री दान दिँदै हातमा दीप लिएर मतयाः जाने गर्दछन् । यसरी हातमा पानस, मैनबत्ती, लगायत बालेर यात्रा गरिने भएकोले यस यात्रालाई मतयाः भनिएको हो ।
सौगलबाट शुरु भएको मतयाः चिकंबहिल, टङ्गल, लगनखेल, हखबहाल, पूर्णचण्डी, बुबहाल, गाःबहाल, नबहील, श्रीबहाल, नटोल, पुल्चोक, नागबहाल, कोबहाल भएर सौगलमा पुगेर सकिनेछ । यात्राको क्रममा पाटनमा रहेको पुल्चोक, लगनखेल, ग्वार्कोको चारवटा थुर घुम्नु पर्दछ ।
आज दिनभरी नै पाटनमा विशेष चहलपहल हुन्छ । यात्रामा सरिक भएकाहरुलाई पानी, जुस, प्राथमिक उपचार सेवा दिनको लागि धेरै सङ्ख्यामा स्थानीय बासिन्दा जुट्ने भएकोले आज दिनभरी नै पाटनमा यातायात आवागमन प्रभावित हुनेछ ।
पाटनको मतया मङ्गलबजार, सौगल, नागबहाल लगायत १० वटा टोलले पालैपालो व्यवस्थापनको जिम्मा लिएर सञ्चालन गर्ने गर्दछ । यसपालिको मतया: सौगल टोलले सञ्चालन गरेको छ । मतयाःको अर्को आकर्षण भनेको नौबाजाको प्रदर्शन पनि हो । मतयाःको रुटमा परम्परागत धाः, दम्वःखिं , न्येकु लगायतका नौबाजा बजाएर जाने चलन छ ।
बाजा समूहले मङ्गलबजारको कात्तिक डबलीमा आज विशेष कार्यक्रम गर्ने गर्दछ । मतयाःको तयारी स्वरुप पालो परेको टोलले एक वर्षअघिदेखि नै आफ्नो टोलका युवा पुस्तालाई परम्परागत बाजाको प्रशिक्षण दिने गर्दछ । पाटन बाहेक मतयाः बुङ्गमती, खोकना, थैव लगायतका ठाउँमा पनि सञ्चालन गरिन्छ । मतयाः लिच्छवि राजा बालार्चनदेवको पालादेखि शुरु भएको विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।