नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिकाले हिले/रोपाइँ जात्राको अवसरमा आज शुक्रवार सार्वजनिक बिदा दिएको छ ।
खाँदबारी नगरपालिकाले सूचना निकालेर नगरपालिकाको कार्यालय, ११ वटै वडा कार्यालय र मातहत रहेका सम्पूर्ण विद्यालयहरुमा सार्वजनिक बिदा दिएकाे जनाएकाे हाे ।
नेवारी समुदायको बाहुल्यता रहेको खाँदबारी बजार र आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेवाः समुदायको सम्मान, नगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षणको रुपमा रहेको हिले/रोपाइँ जात्राकाे अवसरमा सार्वजनिक बिदा दिइएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्कीले जानकारी दिनुभयो ।
खाँदबारी, चैनपुर, सिभुवा, खराङ, बाह्रबिसे, मानेभञ्जाङ्ग, तुम्लिङ्टार लगायतका क्षेत्रहरुमा बर्सेनि भव्य रुपमा याे जात्रा मनाउने गरिन्छ। नागपञ्चमीदेखि शुरु हुने जात्रा पर्व कृष्णाजन्माष्टमी पछि सकिने गर्दछ । जात्रा पर्व हेर्न गाउँगाउँबाट खाँदबारीमा मानिसहरुको भिड लाग्ने गर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।