नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर देशहरूको सूचीमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताउनुभएको छ । नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी बनाउन त्यसैअनुसारको अध्ययन, विश्लेषणको जरुरी रहेको उहाँकाे भनाइ छ ।
आज शुक्रवार ललितपुरकाे महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा लालीगुँरास फूलको बिरुवा रोपेपछि सभामुख घिमिरेले सञ्चारकर्मीमाझ नेपाल सुन्दर देश भए पनि त्यसलाई अगाडि बढाउने गरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको बताउनुभयो । उहाँले लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अभियान चलाएको भन्दै महालक्ष्मी नगरपालिकाप्रति खुशी व्यक्त गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘संसारको सुन्दर देशहरूमा सबैभन्दा अगाडि नेपाल हुनसक्छ । तर त्यही ढङ्गको अध्ययन गर्ने, हेर्ने, विश्लेषण गर्ने भइरहेको छैन । अहिले महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटनको हिसाबले आकर्षक क्षेत्रको रूपमा विकास गर्ने शुरुवात गरेको छ, याे काम देशकै हितका लागि, राष्ट्रलाई नै आकर्षण गर्नका लागि, राष्ट्रलाई समृद्ध बनाउनका लागि, नेपालीले गौरव गर्ने चिजको रूपबाट विकास गर्ने शुरुवात हो भन्ने मलाई लाग्दछ ।’
महालक्ष्मी नगरपालिकाले काठमाण्डाै उपत्यकाको नजिकै रहेको लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी त्यस क्षेत्रमा गणेशमान सिंह स्मृति पार्क बनाएको छ । अहिले मनमोहन मेमोरियल टावर पनि निर्माण गरिएको हाे । नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अभियानअन्तर्गत आउँदाे माघमा ‘लाँकुरी भञ्ज्याङ वर्ष’ मनाउने योजना पनि तय गरिएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले त्यहाँको विकासका लागि राष्ट्रिय विभूतिहरूको स्मृति पार्क बनाउँदै जानेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।