नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
बझाङ – विषालु च्याउ खाँदा बझाङमा दुई जना बालबालिकाको ज्यान गएको छ । विषालु च्याउ खाँदी उनीहरूकी आमा बिरामी पर्नुभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जङ्गली विषालु च्याउ खाएर बिरामी परेका जयपृथ्वी नगरपालिका–६ नौराका १२ वर्षका सुदीप कठायत र उनकी सात वर्षकी बहिनी एञ्जिलाको ज्यान गएको हो । आमा पुनीको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा एञ्जिलाको हिजो बिहीवार बिहान र सुदीपको गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।