नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – ललितपुर महानगरले कुसुन्तीमा लिफ्ट र शौचालयसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ ।
चक्रपथ सडक अन्तर्गत यातायात व्यवस्था कार्यालय नजिकै कुसुन्तीमा बन्ने आकाशे पुल अपाङ्गतामैत्री पनि हुनेछ ।
ललितपुर महानगरले यसअघि नै भौतिक पूर्वाधार मन्त्रालयलाई पुल निर्माणका लागि अनुमति मागेको थियो ।
मन्त्रालय अन्तर्गतको सडक विभागले यो पुल निर्माणका लागि स्वीकृति दिएको छ ।
आठ मिटरभन्दा धेरै रहेको सडकमा स्थानीय सरकारको क्षेत्राधिकार हुँदैन ।
अनुमति प्राप्त भएकाले अबको केही दिनभित्र टेण्डर आह्वान गर्ने ललितपुर महानगरले जनाएको छ ।
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले चक्रपथको कुसुन्तीमा सडक वारपार गर्न आकाशे पुल अत्यावश्यक रहेको बताउनुभयो ।
ललितपुर महानगरले निर्माण गर्न लागेको यो पुल देशकै नमुना आकाशे पुल हुने पनि उहाँले दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।