पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एर्लिङ हालान्डको ह्याट्रिकमा सिटीले फुलह्यामलाई ५–१ गोलको फराकिलो अन्तरले हरायो ।
उसका नाथन आके र जुलियन अल्भारेजले एक/एक गोल गरे । फुलह्यामका टिम रेमले सान्त्वना गोल गरे । जितसँगै सिटीको चार खेलमा १२ अङ्क भएको छ । समान खेलमा फुलह्याम चार अङ्ककासाथ १३औँ स्थानमा छ ।
प्रिमियर लिगमा टोटनह्यामले बर्नलीलाई ५–२ गोलको फराकिलो अन्तरले हरायो । उसका सन ह्युङ मिनले यो खेलमा ह्याट्रिक गरे । जितसँगै टोटनह्याम चार खेलमा १० अङ्ककासाथ दोस्रो स्थानमा छ । बर्नली पुछारमा छ ।
त्यस्तै, चेल्सी नटिङ्घम फरेस्टसँग पराजित भएको छ । नटिङ्घमका लागि एन्थोनी इलाङ्गाले खेलको ४८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । चेल्सी चार अङ्कसहित ११औँ स्थानमा छ, भने फरेस्ट ६ अङ्कसहित नवौँ स्थानमा छ ।
अर्को खेलमा ब्रेन्टफोर्ड र बर्नमाउथ तथा शेफिल्ड युनाइटेड र एभर्टनले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । गएराति भएको अर्को खेलमा ब्राइटनले न्युक्यासललाई ३–१ गोलले हराएको छ । ब्राइटन ९ अङ्कसहित चौथो स्थानमा र तीन अङ्क रहेको न्युक्यासल चौधौँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।