नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
दार्चुला – डेङ्गी सङ्क्रमणबाट दार्चुलामा एक किशाेरीकाे ज्यान गयाे । डेङ्गी सङ्क्रमणबाट महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया किशाेरीकाे ज्यान गएकाे हाे ।
भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेङ्गी पोजेटिभ देखिएकी किशाेरीलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो । उपचारका क्रममा गए राति उनको ज्यान गएकाे पारिवारिक स्राेतले जनाएको छ ।
मृतक किशाेरी राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत छात्रा रहेको विद्यालयका प्रधानाध्यापक राजेशसिंह सामन्तले जानकारी दिनुभयो । उनकाे निधनमा आज आइतवार विद्यालयमा शाेक बिदा दिएकाे प्रधानाध्यापक सामन्तले बताउनुभयाे ।
दार्चुलामा याे वर्ष अहिलेसम्ममा एक सय ९४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत वीरेन्द्र भट्टले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।