१६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल बङ्लादेशसँग पराजित

 भदौ १९, २०८० मंगलबार ६:४७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पराजित भएको छ ।

बङ्लादेशमा चलिरहेको प्रतियोगितामा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भयो । हिजो भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर घरेलु टोली बङ्लादेशले दोस्रो हाफमा गरेको गोल नै निर्णायक भयो । ४७ औँ मिनेटमा बङ्लादेशका अशिकुर रहेमानले गोल गरेका थिए । तर नेपाल गोल फर्काउन असफल हुँदा पराजित भयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया