सरकारले जग्गा उपलब्ध गराए क्रिकेट स्टेडियम बनाउन काठमाण्डाै महानगरले पहल गर्छ : मेयर शाह

 भदौ १९, २०८० मंगलबार ११:१५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारले जग्गा उपलब्ध गराए महानगरले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताउनुभएको छ ।

एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल हेर्न श्रीलङ्का पुगेका उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक सय रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रङ्गशाला बनाउन पहल गर्नेछौँ ।’ उहाँले रङ्गशाला बनाउने र केही ठूला खेलहरु आयोजना हुने हो भने खेल विकास हुन सक्ने पनि बताउनुभएको छ ।

हिजो भारतसँगको खेलमा नेपाल १० विकेटले पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपाल भारत र पाकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया