असाेज १ गतेदेखि फाेहर राेक्ने बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावितकाे चेतावनी

 भदौ २०, २०८० बुधबार १९:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ उपत्यकाको फोहर थुपारिँदै आएको बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटका प्रभावितहरूले आउँदो असोज १ गतेदेखि फेरि फोहोर रोक्ने चेतावनी दिएका छन् ।

यसअघि पटक पटक सम्झौता भए पनि कार्यान्वयन नभएपछि अब कार्यान्वयन शुरु नहुन्जेल अवरोध गर्ने गरी निर्णायक आन्दोलन गर्न लागेको सङ्घर्ष समितिका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिनुभयो । समितिले आफ्ना मागसहितको अपिल काठमाण्डौ र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकालाई बुझाएको उहाँले बताउनुभयो ।

समितिले प्रभावित क्षेत्रको मानव बस्ती स्थानान्तरणका लागि नेपाल सरकार र काठमाण्डौ महानगरपालिकाले १७ वर्षअघि गरेको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्नेसहित सात वटा माग राखेको छ । गएकाे १८ वर्षमा भएका २५ वटा सम्झौता महागर तथा सरकारको तर्फबाट उल्लङ्घन भएकोले त्यसको कार्यान्वयन शुरु नभएसम्म नरोक्ने गरी आन्दोलन गर्न लागेको संयोजक ढुङ्गानाले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया