सर्पको टोकाइबाट सुत्केरीसहित दुई जनाकाे ज्यान गयाे

 भदौ २०, २०८० बुधबार १९:९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रुकुम पश्चिम – रुकुम पश्चिममा सर्पको टोकाइबाट सुत्केरीसहित दुई जनाको ज्यान गएको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर १३ रातामाटाकी २२ वर्षकी विनिता ओली विष्ट र सानीभेरी गाउँपालिका वडा नम्बर १ जगल गाउँकी ६१ वर्षकी गङ्गी पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

२२ वर्षकी विष्टलाई हिजो मङ्गलवार दिउँसो बारीमा घाँस काट्ने क्रम सर्पले टोकेको थियो । उहाँले गए राति छोरीलाई जन्म दिनुभयो । सुत्केरीको रक्तश्राव नरोकिएपछि जिल्ला अस्पताल लगेकोमा आज बुधवार बिहान ज्यान गएको हो । सर्पको विष शरीरमा फैलिएको र रक्तश्रावका कारण विष्टको ज्यान गएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिनुभयो । शिशुको पनि अवस्था गम्भीर छ । शिशु जन्मने अवधि कात्तिक महिना भए पनि सर्पले टोकेपछि गए राति नै जन्म भएकाे थियो ।

गङ्गी पुनलाई भने सर्पले भदौ ४ गते नै टोकेको थियो । सर्पले टोकेपछि पुनलाई चौरजहारी अस्पताल हुँदै प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेकोमा चार दिनअघि आफन्तले गाउँमै उपचार गर्ने भन्दै लगेका थिए । अस्पतालबाट फर्किएको चार दिनमा उहाँको ज्यान गएको हो ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया