किसानकाे सङ्ख्या बढ्याे, कृषि गर्ने जमिन घट्याे

 भदौ २१, २०८० बिहीबार १३:३४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालमा कृषि गर्नेको सङ्ख्या बढ्दा कृषि गर्ने जमिन घटेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज बिहीवार सार्वजनिक गरेको सातौँ कृषि गणना–२०७८ को तथ्याङ्कअनुसार कृषि गर्ने परिवार सङ्ख्या तीन लाखले बढेको छ ।

सार्वजनिक तथ्याङ्कअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ सालमा यस्तो परिवार सङ्ख्या ३८ लाख ३१ हजार थियो । त्यस्तै नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालको तुलनामा तीन लाख आठ हजार हेक्टरले कम हो । २०६८ को कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेती गरिएको थियो । नेपालमा १० वर्षको अवधिमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार आठ सय ५७ बाट बढेर ३४ लाख पाँच हजार १४ पुगेका छन् ।

२०१८ सालदेखि हरेक १०/१० वर्षमा कृषि गणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग) ले २०७८ चैतदेखि ७७ वटै जिल्लामा कृषि गणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्याङ्क सङ्कलनको काम गरेको थियो । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया