कृषिमा गोरुको प्रयोग घट्यो, साढे १६ लाख किसानसँग ५८ हजार वटा ट्र्याक्टर

 भदौ २१, २०८० बिहीबार १३:४८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा यन्त्र उपकरणको प्रयोग गरेर खेती गर्नेको सङ्ख्या निकै बढेको छ ।

२०६८ सालमा आठ लाख ४५ हजार किसान अर्थात् २२ प्रतिशत कृषि परिवारमा ट्र्याक्टर प्रयोग गरेकोमा २०७८ सालमा १६ लाख ३९ हजार अर्थात् ४० प्रतिशतले ट्र्याक्टरको प्रयोग गरेको देखिएको छ ।  २०६८ सालमा ३७ हजार कृषि ट्र्याक्टर रहेकोमा २०७८ सालमा बढेर ५८ हजार पुगेको गणनाले देखाएको छ ।

यस्तै, २०६८ सालमा जम्मा १० हजार पावर ट्रिलर रहेकोमा अहिले बढेर एक लाख १८ हजार वटा पुगेका छन् । देशभर कृषि कार्य गरेकामध्ये जम्मा सात प्रतिशत अर्थात् तीन लाख नौ हजार किसानले मात्रै सरकारी अनुदान पाएको बताएका छन्, यसमध्ये सबैभन्दा धेरै ४६ प्रतिशतले रासायनिक मलमा अनुदान पाएको बताएका गणना रिपोर्टमा उल्लेख छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया