दोस्रो एकदिवसीयमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले हरायो

 भदौ २४, २०८० आइतबार ६:२१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दोस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय २३ रनले हराएको छ ।

हिजो भएको खेलमा अस्ट्रेलियाले दिएको ३ सय ९३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१ ओभर ५ बलमा २ सय ६९ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका ४ जना खेलाडी अर्धशतक नजिक पुगेर आउट भए । हेनरिच कलासन र डेभिड मिलर ४९ रन तथा टेम्बा बामुभा ४६ रन र क्विन्टन डी कक ४५ रनमा आउट भए ।

अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९२ रन बनाएको थियो । यो खेलमा अस्ट्रेलियाले १० ओभरमा सय रन पूरा गरेको थियो । उसका डेभिड वार्नर र मार्नस लावुसेनले शतकीय पारी खेले ।

लावुसेनले १ सय २४ र डेभिड वार्नरले १ सय ६ रन बनाए । ताबरेज सम्सीले ४ तथा कागिसो राबडाले दुई विकेट लिए । जितसँगै अस्ट्रेलियाले पाँच खेलको एकदिवसीय शृङ्खलामा २–० को अग्रता बनाएको छ । तेस्रो खेल पर्सि मङ्गलवार हुनेछ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया