मोरक्को भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना नाघ्यो

 भदौ २४, २०८० आइतबार ६:३८:२३ | एजेन्सी
unn.prixa.net

मोरक्कोमा शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना नाघेको छ । घाइते हुनेहरुको सङ्ख्या पनि त्योभन्दा धेरै रहेको छ ।

घाइतेमध्ये १४ सय जनाभन्दा धेरैको अवस्था गम्भीर रहेको मोरक्को सरकारलाई उद्धृत गरी बीबीसीले जनाएको छ । उनीहरुको उपचार भैरहेको छ । भूकम्पबाट ठूलो सङ्ख्यामा मानिसहरू घाइते भएपछि उपचारका क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेसमा हजारौँ मानिस लामबद्ध भएका छन् ।

रक्तदान केन्द्रमा एम्बुलेन्स नै लगेर रगत सङ्कलन गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, घाइतेहरूको उपचारका लागि रगत अभाव हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूले रक्तदानका लागि आह्वान गरेका छन् । घाइतेहरूको उद्धारका लागि सरकारी अधिकारीसहित स्वयंसेवकहरू खटिरहेका छन् ।

भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार र राहतका काम सँगसँगै भइरहेको छ । भूकम्पलगत्तै मानिसहरु सडकमा बसिरहेका छन् । मोरक्कोको ‘हाइ एट्लस माउन्टेन्स’ केन्द्र बिन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया