सर्लाहीको मलङ्गवामा कर्फ्यु हट्यो : जनजीवन सामान्य बन्दै

 भदौ २४, २०८० आइतबार ८:६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही - सर्लाहीकाे सदरमुकाम मलङ्गवामा लागेको कर्फ्यु हटेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ८ बजेदेखि कर्फ्यु हटेको हाे । अहिले जनजीवन सामान्य बन्दै गएको छ ।

बजार खुलेका छन् भने गाडी पनि सहज रुपमा चलिरहेका छन् । मलङ्गवामा हिजो बेलुका ५ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।

अस्ति शुक्रवार बेलुका मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्णको मूर्ति विसर्जन गरी फर्किने क्रममा विवाद भएको थियो । दुई पक्षबीचको विवादमा झडप भएको थियो । केही व्यक्ति र प्रहरी समेत घाइते भएका थिए । हिजो दिउँसो फेरि दुवै पक्षबीच विवाद बल्झिएपछि स्थानीय प्रशासनले सुरक्षा बढाउँदै कर्फ्यु लगाएको थियो ।

पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी र बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।

कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया