पहिरोले डडेलधुरा–दिपायल जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध

 भदौ २४, २०८० आइतबार ९:३८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

डाेटी - पहिरोका कारण डडेलधुरा–दिपायल जोड्ने डा. केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । यो राजमार्गको डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा पहिरो खसेपछि गएरातिदेखि गाडी चल्न नसकेकाे डिभिजन सडक कार्यालय कुल्पाते दिपायलले जनाएको छ।

डडेलधुरा, अछाम, बाजुरा र डोटी जोड्ने केआईसिंह राजमार्ग बन्द हुँदा ती क्षेत्रमा हुने आवतजावत रोकिएको छ । लगातारको पहिराे र वर्षाका कारण सडक सञ्चालनमा ल्याउन समस्या भएकाे छ । सडक बन्द हुँदा गाडी र यात्रु बाटोमै रोकिएका छन् ।

शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेम रावलका अनुसार यो सडकमा अरु बेला पनि पहिराे जाँदा यात्रु र गाडी चालक मर्कामा पर्दै आएका छन् । सडक विभागका अनुसार बाढी–पहिरोबाट अरु तीन वटा राष्ट्रिय राजमार्ग लामो समयदेखि बन्द छन् । तानसेन–रिडी–कोरला सडक पहिरोका कारण विगतदेखि नै बन्द छ ।

त्यस्तै, तमोर करिडोरअन्तर्गत चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझीटारमा रहेकाे हेवाखोलामा अवरुद्ध रहेको छ । गएको असार ४ गतेको भेलबाढीले सडक कटान गरेपछि सञ्चालनमा आउन सकेको छैन । पुष्पलाल मध्यपहाडी राजमार्ग खोटाङमा अवरूद्ध रहेको छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया