एसिया कपको सुपर फोरमा वर्षाका कारण राेकिएकाे भारत र पाकिस्तानबीचको खेल आज

 भदौ २५, २०८० सोमबार ६:२९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ । आज हिजो रोकिएकै ठाउँबाट खेल शुरु हुनेछ ।

कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले हिजो २४ ओभर १ बलमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा शुरु भएको थियो । आज भारतले खेल यहीबाट शुरु गर्नेछ । भारत र पाकिस्तानबीचको खेलमा 'रिजर्भ डे' राखिएको थियो । त्यसैले खेल जहाँ रोकिएको थियो त्यहीँबाट शुरु हुनेछ ।

आज हुन नसकेको अवस्थामा भने खेल रद्द हुँदै दुवै टोलीले एक-एक अङ्क बाँड्नेछन् । पाकिस्तानले सुपर फोरको पहिलो खेलमा बङ्लादेशलाई ७ विकेटले हराएको थियो । भारतले भने सुपर फोरको पहिलो खेल खेलेको हो ।

सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया