मोरक्को भूकम्प : भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ, राहत सामग्री पठाउन मुस्किल

 भदौ २५, २०८० सोमबार ६:४१:२१ | एजेन्सी
unn.prixa.net

भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको छ । कतिपय ठाउँमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर उद्धारका लागि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको उद्धारकर्मीले बताएका छन् ।

ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेका अनुमान छ । तर, भूकम्प अति प्रभावित ठाउँमा उद्धारकर्मीसँगै राहतका सामग्री पठाउन कठिनाइ भइरहेको बीबीसीले जनाएको छ । भूकम्पका कारण ग्रामीण क्षेत्र जाने कतिपय सडक भत्किएका छन् । यसले प्रभावित क्षेत्रसम्म पुग्न कठिन भएको छ । भूकम्पको केन्द्रबिन्दु मराकेशबाट ७५ किलोमिटर टाढा पहाडी क्षेत्र हाइ एट्लस माउन्टेन्समा रहेको खबरमा उल्लेख छ ।

भूकम्प पछि धेरै मानिसले खुल्ला आकाशमुनि रात बिताइरहेका छन् । गएको शुक्रवार राति गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको असर माराकेशसहित अन्य धेरै सहरहरुमा परेको छ । यस्तै, दुर्गम पहाडी इलाकामा पूरै गाउँहरू नै ध्वस्त भएका विवरण सार्वजनिक भएका छन् ।

भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार  सयभन्दा धेरै घाइते भएका छन् । 
 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया