सुवास नेम्वाङको दृढताका कारण संविधानसभाबाट संविधान बन्यो : गगन थापा

 भदौ २६, २०८० मंगलबार १७:१७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधानसभाबाट संविधान बनेको बताउनुभएको छ ।

आज मङ्गलवार दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरी सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले संविधानसभा अध्यक्ष नेम्वाङको संविधान बनाउने दृढताका कारण नै संविधानसभाबाट संविधान बन्न सकेको बताउनुभएको हो । उहाँले नेम्वाङले त्यस बेलाको बाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।

 उहाँले भन्नुभयो, ‘सुवासचन्द्र नेम्वाङको दृढताका कारण दोस्रो संविधानसभाबाट संविधान बन्याे । त्यो बेलाको बाह्य दबाबलाई थेग्न सक्ने, चाहिएको बेलामा दृढतापूर्वक उभिनसक्ने त्यो स्वभाव पनि सुवास नेम्वाङसँग रहेछ जुन त्यतिखेर उहाँले प्रकट गर्नुभयो । समन्वयकारी क्षमता भएको तर चाहिएको बेलामा दृढ हुन नसक्ने भएको भए सायद त्यतिखेर संविधानसभाले संविधान बनाउन सक्दैन थियो होला ?’

महामन्त्री थापाले नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि उल्लेख गर्नुभयो । २०६२/०६३ सालको आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरूसँग संवाद गरेर काम गरेको र उहाँ साझा व्यक्तिको रूपमा स्थापित भएको बताउनुभयो । नेम्वाङले आफूलाई संसदमा कमी, कमजोरी हटाउन सिकाउने गरेको थापाकाे भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया