लिबियामा आँधीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय पुग्यो

 भदौ २७, २०८० बुधबार ६:२८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लिबियामा विनाशकारी आँधी र बाढीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय जना पुगेको छ । पूर्वी लिबिया सरकारका नेताले कम्तिमा दुई हजार ३ सय मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको बताएका बीबीसीले जनाएको छ । 

अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार आँधीका कारण झण्डै दश हजार मानिस बेपत्ता रहेका र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ ।  गएको आइतबार ड्यानियल आँधीका कारण संकट उत्पन्न भएको हो ।

सबैभन्दा बढी प्रभावित सहर डेरनामा दुई वटा बाँध र चार वटा चारवटा पुल भत्किएपछि सहर पुरै डुबेको छ । उद्धार टोलीहरू समुद्रमा बगेको शव निकाल्न संघर्ष गरिरहेका छन् । सहरको बीचमा खोला बगेको र घर, गाडी, विद्यालय लगायतका संरचनाहरु बगाएको भिडियो फुटेजमा देखिएको खबरमा उल्लेख छ ।

त्यहाँ इजिप्टबाट समेत केही सहायता आउन थालेको छ, तर लिबियाको राजनीतिक अवस्थाले गर्दा उद्धार प्रयासमा बाधा पुगेको छ ।  अमेरिका, जर्मनी, इरान, इटाली, कतार र टर्कीले भने सहयोग पठाइरहेका बीबीसीको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: साउन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया