बालगृह सञ्चालन अनुमतिपत्र वितरण प्रक्रियामा झण्डै एक सय बालगृह सम्पर्कमा आएनन्

 भदौ २७, २०८० बुधबार ६:४२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय बाल अधिकार परिषद्ले बालगृह सञ्चालन अनुमतिपत्र वितरण प्रक्रियामा झण्डै एक सय बालगृह सम्पर्कमा नआएको जनाएको छ ।

परिषद्का सूचना अधिकारी रामचन्द्र चन्द्रले असार मसान्तसम्म चार सय १७ बालगृह सञ्चालनमा रहेकोमा बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ मा भएको व्यवस्थाबमोजिम अनुमतिपत्र वितरण प्रक्रियामा झण्डै एक सय बालगृह सम्पर्कमा नआएको बताउनुभयो ।

अनुमतिपत्र प्रदान गर्ने प्रक्रियामा एक/डेढ सय बालगृह अनुमतिपत्र प्राप्त गर्ने म्याद सकिएपश्चात पनि सम्पर्कमा आएको तर सञ्चालनमा रहेका एक सय बालगृह अझै सम्पर्कमा नआएका उहाँको भनाइ छ।

परिषद्ले बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ मा भएको व्यवस्थाबमोजिम सञ्चालनमा रहेका बालगृहलाई अनुमतिपत्र प्राप्त गर्न योग्य संस्थालाई निवेदन दिन राजपत्रमा सूचना प्रकाशन गरेको थियो ।

विभिन्न गैरसरकारी संस्थाले सञ्चालनमा ल्याएका बालगृह पहिला अनुमति बिना चलाउँदै आए पनि अब कानूनी व्यवस्थाअनुसार अनुमतिपत्र लिएर मात्र सञ्चालन गर्न सकिने परिषद्का सूचना अधिकारी चन्द्रले बताउनुभयो । अनुमतिपत्र वितरण प्रक्रियामा परिषद्ले मापदण्ड नपुगेका ३९ वटा बालगृह अनुमतिपत्र प्राप्त गर्न अयोग्य ठहर्‍याएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया