नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
बर्दिया – यही असाेज ३ गते बुधवार बर्दियाकाे ठाकुरबाबा नगरपालिकामा राेजगार मेला हुने भएकाे छ ।
नगरपालिकाले आज मङ्गलवार राेजगार सञ्चालनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा याे जानकारी दिएकाे हाे । स्थानीयस्तरमा भएका दक्ष जनशक्तिलाई स्थानीयस्तरमै प्रवर्धन गर्ने उद्देश्यसहित नगरपालिकामा राेजगार मेला हुने भएकाे हाे ।
ठाकुरबाबा नगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा बाँके युनेस्को क्लबको सहकार्यमा भएकाे कार्यक्रममा सरोकारवाला पक्षहरूबीच रोजगारी सिर्जना गर्नका लागि दक्ष जनशक्ति उत्पादन कसरी गर्ने र स्थानीयस्तरमा स्वरोजगार बनाउने विषयमा छलफल भएको थियो ।
अहिले बर्दियालगायत देशभरका दक्ष युवाहरू कक्षा १२ पास गर्नेबित्तिकै विदेश जाने अवस्था आउनुले नेपालमा रोजगारदाता र रोजगार गर्ने दुवैकाे आवश्यकता महसुस भइरहेको छ । नेपालमा आयआर्जनका थुप्रै माध्यम भए पनि उचित मूल्य नहुँदा युवाहरू वैदेशिक राेजगारीमा जाने क्रम दिनहुँ बढिरहेको छ ।
छलफल कार्यक्रममा ठाकुरबाबाभित्र रहेका दक्ष जनशक्तिहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूको दक्षताअनुसारको काम दिन सक्ने वातावरण सिर्जना गर्नुपर्ने, कृषि र पर्यटनलाई आधुनिकीकरण गर्नुपर्ने, नगरपालिकाले पढ्दै कमाउँदै गर्ने रोजगार दिनुपर्ने जस्ता विषयमा सहभागीहरूले सुझाव दिएका छन् । जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्टले रोजगार मेला उपलब्धिमूलक बनाउनका लागि नगरपालिकाले नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । दीर्घकालीन रूपमा रोजगार मेला सञ्चालन गर्नका लागि सहयाेग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
असोज ३ गते अर्थात् संविधान दिवसका दिन नगरपालिका–२ को कर्भड हलमा राेजगार मेलाकाे उद्घाटन हुने नगरपालिकाकी उपमेयर विनाकुमारी भट्टराईले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।