नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा पर्नुभएकाे छ । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पनि समावेश गरेको हो ।
म्यागजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदयमान नेतृत्वको सूची ‘टाइम १०० नेक्स्ट’ सार्वजनिक गरेको हो ।
स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई पनि समावेश गरेको हो । वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदयमान नेताहरुको सूची गर्न सार्वजनिक थालेको हो ।
द न्युयोर्क टाइम्सले पाँच महिनाअघि शाहबारे प्रोफाइल पनि प्रकाशित गरेको थियो । टाइम म्यागजिनले शाहले पालिका चुनावमा हासिल गरेको अप्रत्याशित जितको चर्चा गरेको छ । ३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै ‘बालेन प्रभाव’ सिर्जना गरेको जिकिर गरेको छ ।
चुनावअघि आफूले गरेका वाचा पूरा गर्नका लागि चालेका केही कदम, विशेष गरेर सहरका गरिबमाथि परेको प्रभावका कारण शाहले आलोचना पनि खेप्न परिरहेको म्यागजिनले प्रकाशन गरेको शाहको विवरणमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।