नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको ज्यान गएकाे छ ।
आज बिहान गैँडाले आक्रमण गर्दा निकुञ्जअन्तर्गत पर्ने कञ्चनपुरकाे बेलडाँडी गाउँपालिका-२ काे गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको ज्यान गएकाे हाे ।
च्याउ टिप्न गएकी बेलमतीलाई गैँडाले आक्रमण गरेकाे र उहाँकाे घटनास्थलमै ज्यान गएकाे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनुभयो ।
मृतक बुढासँगै गएका अन्य दुई जना महिलाले भने रुख चढेर ज्यान जोगाएका छन् । आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको हाे ।
सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।