सामाजिक सञ्जालको प्रयोग शिष्ट र मर्यादित भएर गर्न आयोगको आग्रह

 भदौ २९, २०८० शुक्रबार १६:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा शिष्ट र मर्यादित भएर गर्न आग्रह गरेको छ ।

केही दिनयता देशका विभिन्न भागमा घटेका घटना, कतिपय जिम्मेवार पदाधिकारीबाट नै व्यक्त धारणा र आरोप प्रत्यारोपप्रति गम्भीर ध्यानाकर्षणसहित आयोगले शिष्ट र मर्यादित भएर सामाजिक सञ्जालको प्रयोग गर्न आग्रह गरेको हो । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाण्डौमा भएको आक्रमण, जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवमाथि प्रहरीबाट मोरङमा दुर्व्यवहार भएको, डाक्टरमाथि कुटपिट भएको भन्दै हेटौँडा अस्पतालका ७८ जना चिकित्सकले राजीनामा दिएकोजस्ता घटनाका सम्बन्धमा आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा यी घटनामा संलग्नलाई छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । आयोगले आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारमा पर्नसक्ने असरप्रति जिम्मेवार व्यक्तिले ध्यान पुर्‍याउनुपर्नेमा पनि जोड दिएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया